
काठमाडौँ— आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १० पैसा र बिक्री दर १६५ रुपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६५ पैसा र बिक्री दर ३५ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।