जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ३0 मिनेटutes अगाडि
  • होमपेज
  • यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य (सूचीसहित)

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी ३५, आलु रातो प्रतिकेजी ४८, आलु रातो (भारतीय) प्रतिकेजी ४४, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६८, गाजर (लोकल) प्रतिकेजी ८०, गाजर (तराई) प्रतिकेजी ७०, बन्दा (लोकल) प्रतिकेजी ३०, बन्दा (तराई) प्रतिकेजी २०, बन्दा (नरिवल) प्रतिकेजी ३०, काउली स्थानीय प्रतिकेजी २५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ३०, काउली (तराई) प्रतिकेजी २०, मूला रातो प्रतिकेजी ३०, मूला सेतो (लोकल) प्रतिकेजी ३५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी ४०, भन्टा लाम्चो प्रतिकेजी ३५, भन्टा डल्लो प्रतिकेजी ५० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी ७०, मटरकोसा प्रतिकेजी ९०, घिउ सिमी (लोकल) प्रतिकेजी ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ७९, घिउ सिमी (राजमा) प्रतिकेजी ८०, टाटे सिमी प्रतिकेजी ४०, तिते करेला प्रतिकेजी १००, लौका प्रतिकेजी ५०, परवर (तराई) प्रतिकेजी १००, फर्सी पाकेको प्रतिकेजी ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी २०, सलगम प्रतिकेजी १००, भिण्डी प्रतिकेजी १००, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी ४०, पिँडालु प्रतिकेजी ९०, स्कूस प्रतिकेजी ४०, रायो साग प्रतिकेजी २०, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग ६०, तोरीको साग प्रतिकेजी ४०, मेथीको साग प्रतिकेजी ६०, प्याज हरियो प्रतिकेजी ६०, बकुला प्रतिकेजी ८०, तरुल प्रतिकेजी १२०, च्याउ (कन्य) प्रतिकेजी ११०, च्याउ (डल्ले) प्रतिकेजी ३८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी ३०, चुकुन्दर प्रतिकेजी ९०, रातो बन्दा प्रतिकेजी ६०, जिरीको साग प्रतिकेजी ७०, ग्याठ कोबी प्रतिकेजी ९०, सेलरी प्रतिकेजी ४००, पार्सले प्रतिकेजी ८००, सौफको साग प्रतिकेजी ८०, पुदिना प्रतिकेजी ४००, गान्टे मूला प्रतिकेजी ८०, इमली प्रतिकेजी १६०, तामा प्रतिकेजी १००, तोफु प्रतिकेजी १२०, गुन्द्रुक प्रतिकेजी ३०० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी २६०, स्याउ (फूजी) प्रतिकेजी ३००, केरा (दर्जन) १७०, कागती प्रतिकेजी १४०, अनार प्रतिकेजी ४००, अङ्गुर (हरियो) प्रतिकेजी २४०, अङ्गुर (कालो) प्रतिकेजी ३८०, सुन्तला (नेपाली) प्रतिकेजी १३०, सुन्तला (भारतीय) प्रतिकेजी १००, काँक्रो (लोकल) प्रतिकेजी १४०, काक्रो (हाइब्रिड) प्रतिकेजी ९०, निबुवा प्रतिकेजी ५०, नासपाती (चाइनिज) प्रतिकेजी २५०, मेवा (नेपाली) प्रतिकेजी ५०, मेवा (भारतीय) प्रतिकेजी १००, अम्बा प्रतिकेजी ११०, लप्सी प्रतिकेजी ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी ५००, किबी प्रतिकेजी २५०, आभोकाडो प्रतिकेजी २५०, अमला प्रतिकेजी ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी ४००, खुर्सानी हरियो प्रतिकेजी ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ३००, भेडे खुर्सानी प्रतिकेजी ८०, लसुन हरियो प्रतिकेजी १३०, हरियो धनिया प्रतिकेजी ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी ३००, लसुन सुकेको नेपाली प्रतिकेजी ३००, छ्यापी सुकेको प्रतिकेजी १५०, छ्यापी हरियो प्रतिकेजी २५०, ताजा माछा (रहु) प्रतिकेजी ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी २६०, ताजा माछा (छडी) प्रतिकेजी २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी ४५०, रुख टमाटर प्रतिकेजी १६०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी ८०० तोकेको छ ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका