
युक्रेनको राजधानी किभमा रुसले एक पटक पुनः भारी हवाई हमला गरेको छ । यो महिना यो आठौँ हमला हो । हमलामा तीन जना घाइते भएको खबर छ । सोसल मिडियामा एयर डिफेन्स सिस्टमबाट मिसाइललाई खसालिएको भिडियो देखिएको छ ।
मिसाइलमा हमलाका बेला भग्नावशेष खस्ने डर भएकोले युक्रेन सरकारले मानिसलाई झ्यालबाट टाढै बस्न भनेको छ ।
किभका मेयर विताली किलित्शकोले रकेटका केही भग्नावशेष केन्द्रीय जिल्लामा खसेको बताएका छन् ।
एउटा चिडियाखानामा पनि भग्नावशेष खसेको छ । रुसले जुन हमला गरिरहेको छ त्यसमा ड्रोन र मिसाइल दुवै प्रयोग गरिँदै छ । किभका अधिकारीले यो हमला निकै भीषण भएको बताएका छन् ।
किभको सैन्य प्रशासनका प्रमुख सेरी पोप्कोले छोटो अवधिमा धेरै मिसाइलहरू एकैसाथ प्रयोग भइरहेको बताए ।
उनले किभमा धेरैजसो रुसी आक्रमण असफल भएको पनि जानकारी दिएका छन् ।