
काठमाडौं। एसीसी १९ वर्ष मुनिको महिला एशिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ ।
हिजोको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई नौ विकेटले हराएको थियो । नेपाली महिला टोली पहिलो पटक एशिया कप खेल्न लागेको हो । एशिया कप खेल्न नेपाली टोली गएको शुक्रवार मलेसिया प्रस्थान गरेको थियो ।
महेन्द्रप्रसाद रिजालको प्रशिक्षणमा रहेको नेपाली युवा टोलीको कप्तानी पूजा महतोले गरिरहेकी छिन् । एशियाका छ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् । समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् ।
नेपाल भोलि भारतसँग खेल्दैछ । दुवै समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् । सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुने छ ।