
काठमाडौं। एसीसी अन्डर नाइन्टिन महिला एसिया कपमा नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।
वर्षाका कारण खेल ११ ओभरमा छोट्याइएको खेलमा नेपाले निर्धारित ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको हो । नेपालका लागि सावित्री धामीले सर्वाधिक ११ रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशलाई हराए फाइनलमा पुग्नेछ ।