
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनसङ्ख्या व्यवस्थापन सम्बन्धी योजना तयार गर्न विज्ञ माग गरेको छ । मन्त्रालयले जनसङ्ख्या व्यवस्थापन सम्बन्धी राष्ट्रिय नीति, योजना, रणनीति, कार्यक्रम एवं जनसङ्ख्या सम्बन्धी समग्र विषयमा राय सुझावका लागि विज्ञहरूको सूची माग गरेको हो । मन्त्रालयले प्रकाशित गरेको सूचनामा इच्छुक विज्ञ तथा सरोकारवालालाई आफ्नो वैयक्तिक विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ । सो विवरण एक सातामा उपलब्ध गराउनुपर्ने मन्त्रालयले जनाएको छ ।