जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ५१ मिनेटutes अगाडि
  • होमपेज
  • राजस्थानमाथि हैदराबादको रोमान्चक जित

राजस्थानमाथि हैदराबादको रोमान्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । राजस्थानको घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबाद ४ विकेटले विजयी भएको हो।

राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले निर्धारित २० ओभर अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो । हैदराबादका लागि ओपनर अभिषेक शर्माले ३४ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय ईनिङ्स खेले ।

राहुल त्रिपाठीले २९ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४७ रन बनाए । ओपनर अनमोलप्रित सिंहले २५ बलमा ३३ रन बनाए । हेनरिक केल्सनले १२ बलमा २ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए ।

ग्लेन फिलिप्सले ६ बलमा १ चौका र ३ छक्काको सहयोगमा २५ रन बनाए । हैदराबादलाई जितका लागि अन्तिम ओभरमा १७ रन चाहिएकोमा क्रिजमा मार्को यान्सन र अब्दुल समाद रहेका थिए । बलिङमा सन्दीप शर्मा आएका थिए।

पहिलो बलमा अब्दुल समादले २ रन लिए । दोस्रो बलमा समादले ६ रन जोडे । तेस्रो बलमा समादले २ रन जोडे । चौथो बलमा समादले १ रन जोडे । पाँचौ बलमा मार्को यान्सनले १ रन जोडे ।

ओभरको अन्तिम बलमा सन्दीपले नो बल गरे । अतिरिक्त बलमा समादले छक्का प्रहार गर्दै हैदराबादलाई खेल जिताए । राजस्थानका लागि युजभेन्द्र चहलले ४ तथा कुलदिप यादव र रविचन्द्रन आश्विनले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १४ रन बनायो । राजस्थानका लागि ओपनर जस बटलरले ५९ बलमा १० चौका र ४ छक्काको सहयोगमा रनको ९५ अर्धशतकीय ईनिङ्स खेले ।

पहिलो विकेटका लागि यश्सवी जैसवाल र बटलरले ३० बलमा ५४ रनको साझेदारी गरे । जैसवालले १८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ३५ रन बनाए ।

दोस्रो विकेटका लागि कप्तान सन्जु सामसन र बटलरले ८१ बलमा १ सय ३८ रनको सानदार साझेदारी गरे । कप्तान सामसनले ३८ बलमा ४ चौका र ५ छक्काको सहयोगमा अविजित ६६ रनको अर्धशतकीय ईनिङ्स खेले ।

शिमरन हिटमायर ७ रनमा अविजित रहे । हैदराबादका लागि भुवनेश्वर कुमार र मार्को यानसनले समान १/१ विकेट लिए ।

सनराईजर्स १० खेलमा ८ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा १० अंक जोडेर चौथो स्थानमा कायमै रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका