राजनीति
राम्रो काम गरेकाले विरोध हुन थाल्योस सय दिनमा १०७ दिन काम गरेको छु ; स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेकाले आफ्नो विरोध हुन थालेको बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित बहुक्षेत्रीय पोषण कार्यक्रमको दोस्रो चरणको सिकाई तथा उपलब्धिको समीक्षा कार्यक्रममा मन्त्री बस्नेतले समाजमा राम्रो काम गर्न नसकेकाहरुले विरोध र गाली गर्ने गरेको भन्दै त्यसको परवाह नगरी कमीकमजोरी सुधार गर्दै अघि बढ्ने बताए । उनले १६ वर्षदेखि रोकिएको स्वास्थ्य रणनीतिहरुलाई आफू मन्त्रालयमा आएपछि पास गरेको र रणनीति अनुसार काम गर्ने वातावरण बनेको दाबी गरे । मन्त्री बस्नेतले १ सय दिनमा १०७ दिन काम गरेकाले नै प्रधानमन्त्रीबाट प्रशंसा पाएकोसमेत बताए । उनले सबैको सहकार्यमा स्वास्थ्य क्षेत्रलाई सुधार गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले विश्व स्वास्थ्य दिवसका अवसरमा रंगशालामा भव्य कार्यक्रम गर्ने तयारी गरिरहेको पनि जानकारी दिए । कार्यक्रममा मन्त्री बस्नेतले चार महिनाकी गर्भवती नवीना शाहीलाई पोषण सामग्री प्रदान गरेका थिए ।