
काठमाडौं। मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका छन् । उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवं शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम आइतबार स्वीकृति प्रदान गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको उल्लेख छ ।