
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका हुन् । जसअनुसार वाग्मतीको प्रदेश प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णालीको प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त भएका छन् ।