
काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ । मतदाता नामावलीमा समावेश नाममा छानबिन पछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ ।
आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार भोलि (शनिबार) उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ । उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा दलहरू भने सहमति जुटाउने अन्तिम कसरतमा जुटेका छन् ।