
राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट वार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न सोमबार प्रचण्ड शीतल निवास पुगेका हुन् । भेटमा वर्तमान समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास स्वरूप प्रमुख दलका शीर्ष नेताहरूबीच आज छलफल हुँदैछ ।
उक्त छलफल अघि अध्यक्ष प्रचण्ड राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलका अनुसार आजको बैठकको मूल एजेन्डा संक्रमणकालीन न्यायकै विषयवस्तु रहेको बताए ।