
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि बैठक बोलाएको बताइएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा आज ३ बजेका लागि बोलाइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको बताए ।
सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा छलफल हुने उनले बताए ।