
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा मनिष झा फर्किएका छन् । आफ्नो निजी कामका लागि भन्दै जिम्मेवारीबाट बिदा लिएका झाले सोमबारबाट पुनः जिम्मेवारी लिएका हुन् ।
‘म केही सप्ताहको अध्ययन बिदापश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक)को जिम्मेवारीमा फर्किएको छु,’ प्रवक्ता झाले भनेका छन् । उनले बिदा लिएपछि गत ३ माघदेखि ३० गतेसम्मका लागि पार्टी प्रवक्ताको जिम्मेवारी सह–प्रवक्ता प्रतिभा रावललाई दिइएको थियो ।