
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थली चमतीमा बस्नेछ ।
बैठकमा शुक्रबार सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनमा पार्टीले खेल्ने भूमिका, सरकारले जारी गरेको अध्यादेशलगायत विषयमा छलफल हुने बताइएको छ ।