
काठमाडौं । रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । रियलले शनिबार राति भएको फाइनलमा ओसासुनालाई २-१ गोल अन्तरले हराउँदै उपाधि चुमेको हो ।
रियलका लागि दुबै गोल रोड्रिगोले गरे । ओसासुनाका लुकास टोरोले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५८ औं मिनेटमा लुकासले गोल गर्दै ओसासुनालाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
रियलले सन् २०१४ पछि पहिलो पटक कोपा डेल रे जितेको हो । रियलको यो २० औं कोपा डेल रे उपाधि हो ।