
संयुक्त अरब इमिरेट्स (युएई) ले रुस र युक्रेनबीच युद्धबन्दीहरूको नयाँ आदानप्रदानमा मध्यस्थता प्रयासको सफलताको घोषणा गरेको छ ।पछिल्लो सहमति अनुसार दुबै मुलुक (१७५ युक्रेनी बन्दी र १७५ रूसी बन्दी ) गरी कुल ३५० बन्दी आदानप्रदान गर्ने मध्यस्थता वार्ता सफल भएको युएईले जनाएको छ । योसँगै युक्रेनमा रूसी आक्रमणमा सुरु भए यता युएईको मध्यस्थतामा कुल तीन २३३ कैदीबन्दीको आदानप्रदान भएको छ । युएईको परराष्ट्र मन्त्रालयले मध्यस्थता प्रयासमा सहयोगका लागि रूस र युक्रेनको समन्वयको प्रशंसा गरेको छ । यसले दुई देशहरू बीचको संकट समाधान गर्ने सबै प्रयासहरूलाई समर्थन गर्न युएईको भूमिकाको लागि दुबै देशहरूको प्रशंसालाई प्रतिबिम्बित गर्दछ।