जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • २ मिनेटutes अगाडि
  • होमपेज
  • रोकिएन शेयर बजारको पहिरो, आइतबार २२ अंकले घट्यो नेप्से

रोकिएन शेयर बजारको पहिरो, आइतबार २२ अंकले घट्यो नेप्से

काठमाडौं– शुक्रबार र शनिबार देशभरका विभिन्न ठाउँमा बाढी र पहिरोको कारण जनजीवन प्रभावित भएको बेला शेयर बजारमा पनि पहिरो गएको छ । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा पुगेको छ । शेयर बजारमा पहिरो जाँदा कारोबार रकमा पनि सुस्ताएको छ । आज ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

आज १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर ५८ हजार ४०१ पटक किनबेच भएको छ । आज ३२७ वटा कम्पनीको शेयर कारोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार प्रि–ओपन सेसनमा २ अंकले घटेर सुरु भएको शेयर बजार खुलेको केही समयमै घट्न थालेको थियो । १२ः१४ सम्म घटेको बजार त्यसपछि भने उकालो लागेको थियो । १ः४५ तिर बजार हरियाली देखिएको भए पनि त्यो हरियाली केही बेर पनि टिकेन ।

आज नेप्से परिसूचक उच्चतम २४९४ विन्दु र न्यूनतम २४४४ विन्दु पुगेको थियो । आइतबार १३ वटा समूह मध्ये उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूह राताम्य भएको छ । आज उत्पादन तथा प्रशोधन समूह १.०७ प्रतिशतले बढेर ६ हजार ७४७.५३ विन्दुमा पुगेको छ ।

देशभर बाढी पहिरोले जलविद्युत कम्पनीमा क्षति पुराएकाले गर्दा आज सबैभन्दा बढी जलविद्युत समूह सबैभन्दा बढी २.४० प्रतिशतले घटेर २ हजार ९५५.८० विन्दुमा आएको छ ।

आज सबैभन्दा कम निर्जीवन बीमा समूह ०.१७ प्रतिशतले घटेर १२ हजार ५७४.९० विन्दुमा झरेको छ । त्यस्तै, वाणिज्य बैंक ०.७४ प्रतिशतले, विकास बैंक ०.९० प्रतिशतले, फाइनान्स १.८३ प्रतिशतले, होटल एण्ड टुरिजम १.८२ प्रतिशतले, लगानी १.४७ प्रतिशतले, जीवन बीमा ०.३१ प्रतिशतले, लघुवित्त ०.२९ प्रतिशतले, म्युचुअल फण्ड १.२१ प्रतिशतले, निर्जीवन बीमा ०.१७ प्रतिशतले, अन्य समूह १.०२ प्रतिशतले र ट्रेडिङ समूह २.९७ प्रतिशतले घटेको छ ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका