
काठमाडौं। बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको जीप रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
दर्शनार्थी चढेको बा१६च ३१६२ नम्बरको स्कर्पियो जीप चन्द्रनिगाहपुर–४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो।
गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ।
मृतक मध्ये अधिकांशको सनाखत हुन सकेको छैन। सबै मृतक र गाडी सिरहाको रहेको र उनीहरूका आफन्तहरू आएपछि पहिचान खुल्ने प्रहरीको भनाइ छ।