
काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा विराटनगर किंग्सले पहिलो जित निकालेको छ ।
लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै विराटनगर किंग्सले हारको खडेरी तोडेको हो । विराटनगरको जितमा ओपनर लोकेश बमले शानदार ब्याटिङ गरे ।
बुधवारको दोस्रो खेलमा जितका लागि लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो ।