
काठमाडौं– ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् ।
मोबिल सङ्कलन गरी राखिएको एक टहरामा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएको प्रहरीले जनाइएको छ ।
आगलागीबाट रौतहट जिल्ला घर भई हाल ग्वार्को बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते भएका छन् ।
घाइतेहरूको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । मोविलमा आगो सल्कँदा पुरै टहरामा आगलागी भएको अनुमान गरिएको छ । आगलागीका कारण टहरा पूर्णरुपमा जलेको छ ।