जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • लस एन्जलसमा आगो लागेको समयमा पनि लुटपाट

अन्तर्राष्ट्रिय

लस एन्जलसमा आगो लागेको समयमा पनि लुटपाट

लस एन्जलसमा आगो लागेको समयमा पनि लुटपाट

लस एन्जलस। अमेरिकामा लस एन्जलसमा आगो अझै दन्किरहेको छ। सबैभन्दा ठुलो पालिसेडको आगो १४ प्रतिशत नियन्त्रणमा छ। यस क्षेत्रमा आधी समेत आउने प्रक्षेपण भए पछि यसको तयारी गरिएको लस एन्जलसका मेयर कारेन बासले बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मृत्यु भएका २४ जनाको सम्झना गर्दै सिङ्गो अमेरिका भाव विह्वल भएको बताए। इटन र पालिसेडमा गरेर २३ जना अझै हराइरहेका छन्।

यसै समयमा लुटपाटमा संलग्न भएका ९ जनालाई गिरफ्तार गरिएको छ। आगजनी गरिएको आरोपमा अर्का एक जनालाई पनि गिरफ्तार गरिएको छ। उनीहरूलाई २५ वर्षको जेल सजायदेखि आजीवन कारावाससम्मको सजाय हुनसक्ने छ।

यसैगरी मूल्य वृद्धि गर्ने, अनधिकारिक क्षेत्रमा ड्रोन उडाउँदै अग्नि नियन्त्रकलाई अप्ठेरो पार्ने तथा इन्टरनेट स्क्याम गर्नेलाई पनि कानुनको दायरामा ल्याइने जनाइएको छ।

आगलागीको कारणबारे सङ्घीय सरकारले छानबिन सुरु गर्ने भएको छ। लिफोर्नियाका अभियोजक माटिन इस्ट्रेडाका अनुसार दक्षिण क्यालिफोर्नियामा सुरुवाती अवस्थामा आगो लागेको अवस्थाबाट छानबिन गर्दै छन्।

यस अप्ठेरो समयमा कोही यसको लाभ उठाउँदै लुटपाट मच्चाइ रहेका छन् भने कोही नभे यस्तो समयमा मानवीय सहयोगमा व्यस्त छन्। २४ वर्षीय रेस्टुरेन्ट व्यवसायी फायाद कार्यामीले बुधबार यता ७८९ जनालाई खाना खुवाएका छन्। लन्डनबाट लस एन्जलस पुगेका उनले सेफ समेत रहेका आफ्ना भाइसँग मिलेर खाना बनाइरहेका छन्। उनीहरूले दैनिक पाँच सय जनालाई खाना खुवाइरहेका छन्।

अहिले आगो निभाउनका लागि पोसचेक नामक गुलाबी धुलो छर्किएको छ। लामो समय देखि यसको उपयोग आगो निभाउनका लागि भएको छ। यसका ८० प्रतिशत पानी, ६ प्रतिशत मल मिसिएको नुन तथा ६ प्रतिशत अन्य रङ्गिन पदार्थ छ।

युनिभर्सल म्युजिकले ग्रामीसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम भङ्ग गरेको छ। यसरी भङ्ग गरिएका २ फेब्रुअरीमा हुने ग्रामी अवार्ड कार्यक्रम हो।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका