
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले पहिलो जित हात पारेको छ ।
आईतबार राति बार्सिलोना सहरमै अवस्थित ओलिम्पिक स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले काडिजविरुद्ध जित निकालेको छ ।
पहिलो खेल बराबरी खेलेको बार्साले काडिजविरुद्ध भने २-० को जित निकाल्न सफल भएको हो । बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले समान १/१ गोल गरे ।
बार्सिलोनाको दुवै गोल दास्रो हाफमा गरेको थियो । ८२ औं मिनेटमा पेद्रीले पहिलो गोल गरे ।
त्यसपछि खेलको अन्तिममा अतिरिक्त समयको चौथो मिनेटमा फेरान टोरेसले एक गोल थप्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।
यो सँगै बार्सिलोनाको दुई खेलमा चार अंक पुगेको छ ।