
काठमाडौं – लिखुखोला–२ जलविद्युत आयोजनाको पानी सुरुङमार्ग भित्रबाटै वस्तीमा पसेपछि रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालीकाका ४० भन्दा बढी घर जोखिममा परेका छन् ।
निर्माण सम्पन्न हुन लागेको लिखुखोला–२ जलविद्युत आयोजनाको सुरुङ (टनेल)मा छाडिएको पानी रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–१ पेकरनास, कोरेम र बच्छीमा चुहावट भई वस्तीमा पसेसँगै ४० भन्दा बढी घर जोखिममा परेका हुन् ।
कहिल्यै पानी नदेखिने स्थानमा एकाएक पानीका मुल देखिन थालेपछि स्थानियबासी त्रसित बनेका छन् । अहिले स्थानियबासीहरुले घटनाको विषयमा स्थलगत अनुसन्धान गरि आवश्यक कारवाहीको माग गरेका छन् ।
तस्विरः विष्णु बस्नेतको फेसबुकबाट