
काठमाडौं । मुक्तिनाथ दर्शन गरेर फर्किदै विद्यार्थी चढेको बस मंगलबार बिहान कागबेनी–मुक्तिनाथ सडक खण्डमा पर्ने घुम्तीमा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर २१ विद्यार्थी सामान्य घाइते भएका छन् ।
प्रहरी चौकी कागबेनी मुस्ताङका अनुसार काठमाडौं अनामनगरस्थित लिबर्टी कलेजबाट विद्यार्थी लिएर गएको प्रदेश नं ३–०१००६ख ६२२ नं को रिजर्भ बस दुर्घटनामा परेको हो । बसमा सवार चालकसहित ३३ जनामध्ये १६ जना सामान्य घाइते भएका हुन । बस आज बिहान करिब ९ बजे दुर्घटनामा परेको हो ।
घाइते विद्यार्थीहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जोमसोम, मुस्ताङ पठाइएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाग्रस्त बसलाई बाटोबाट हटाएर सडक पूर्णरूपमा सुचारु गरेको जानकारी प्रहरीले दिएको छ ।