जोडिनुहोस
मङ्लबार, फाल्गुन २०, २०८१
मङ्लबार, फाल्गुन २०, २०८१
  • होमपेज
  • वातावरण संरक्षण विधेयक सर्वसम्मतिले पारित

वातावरण संरक्षण विधेयक सर्वसम्मतिले पारित

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकले ‘कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले सो विधेयक पारित गरियोस् भनी गर्नु भएको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

सो विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेकी कोशी प्रदेशसभा सदस्य कमला दर्नालको प्रस्तावलाई आंशिक रुपमा मन्त्री मण्डलले स्वीकार गरेपछि उक्त प्रस्ताव सदस्य दर्नालले फिर्ता लिएको थियो ।

‘कोशी प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि प्राप्त संशोधनसहित दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ । दफावार छलफलका लागि मन्त्री मण्डलले प्रदेशसभामा सो प्रस्ताव पेश गरेको थियो ।

कोशी प्रदेशसभा सञ्चालन नियमावली, २०७९ को अन्तिम मस्यौदाको प्रस्तावलाई प्रदेशसभा नियमावली मस्यौदा समितिमा पठाइएको छ । मस्यौदा समितिका संयोजक कोशी प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीले सो मस्यौदाको प्रस्तावमाथि परेका संशोधनसहित दफावार छलफलका लागि सो समितिमा पठाइयोस् भनी प्रस्ताव गरेको थियो ।

विशेष समय

प्रदेशसभाको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता तिलकुमार मेङ्याङबोले यही फागुन २१ गते नेपाल कम्युनिष्ट पार्टीका लागि अविस्मरणीय दिन हो भन्दै समाज रुपान्तरण र मानव जीवनमा परिवर्तन ल्याउन शहीदहरुको उच्च योगदान रहेको चर्चा गरे ।

शून्य समय

यस्तै प्रदेशसभाको शून्य समयमा कोशी प्रदेशसभा सदस्यहरु राजन किराँती, गोम्बु शेर्पा, इस्राइल मन्सुरी, गणेशप्रसाद उप्रेती, विनोद राई, यशोदा कायस्थ र निरादेवी खनालले मुलुकको समसामयिक विषयमा बोलेका थिए।

कोशी प्रदेशसभाको अर्को बैठक यही फागुन २५ गते दिउँसो १ बजे बस्ने छ ।

धेरै टिप्पणी गरिएका