जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • विद्युत सट हुँदा निजगढमा आगलागी

विद्युत सट हुँदा निजगढमा आगलागी

बारा । बाराको निजगढ नगरपालिका– ४ स्थित चारघरे टोलमा विद्युत सट हुँदा एक घरमा आगलागी भएको छ । स्थानीय हिरा तिमिल्सिनाको घरको भुई तलामा विद्युत लाईन सर्ट भई आगलागी सुरु भएको थियो ।

तिमिल्सिनाको काठको घरको मुख्य राखनधरन गरिने कोठामा रकेको बिजुली बक्सबाट विद्युत सर्ट भइ आगलागी भएको हो । आगलागीबाट तिमिल्सिनाको घरमा रहेका लत्ताकपडा, सामानहरु जल्दा अन्दाजी एक दुई लाख बराबरको क्षति भएको बताइएको छ । घटनामा मानवीय क्षति भने भएको छैन । आगलागी स्थानीयवासी मिलेर रातीनै नियन्त्रणमा लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका