
काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने जनाइएको छ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, आज बिहान ११ बजेका लागि बोलाइएको कानून न्याय तथा मानवअधिकार समितिको बैठक भने विशेष कारणले स्थगित भएको जनाइएको छ ।