
काठमाडौं– सर्वोच्च अदालत र उच्च अदालतका मुख्य न्यायाधीश सिफारिसका लागि बसेको न्यायपरिषदको बैठक कुनै निर्णय नगरी टुंगिएको छ । न्यायाधीश नियुक्तिका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको परिषद स्रोतले जनाएको छ ।
परिषदका एक सदस्यका अनुसार सर्वोच्च अदालतमा नियुक्ति सिफारिस गर्नुपर्ने ६ मध्ये कुन क्लस्टरबाट कतिजना न्यायाधीश लैजाने र छनोटको मापदण्ड के बनाउने भन्ने विषयमा छलफल चलिरहेको र टुंगोमा नपुगेकाले निर्णय हुन नसकेको हो ।
शुक्रबार न्यायपरिषदले उच्च अदालतमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो । उच्च अदालतमा अझै २९, उच्च अदालतको मुख्य न्यायाधीशमा ६ र सर्वोच्च अदालतमा पनि ६ जना न्यायाधीश पद रिक्त छ ।