जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ४५ मिनेटutes अगाडि
  • होमपेज
  • विपिनको परिवार भन्छ  अब पूरानो भिडियोको अर्थ छैन, ताजा अवस्था चाहियो

विपिनको परिवार भन्छ  अब पूरानो भिडियोको अर्थ छैन, ताजा अवस्था चाहियो

इजरायलले हमासले बन्धक बनाएका नेपालीसहित दुई जनाको भिडियो सार्वजनिक गरेपछि त्यसबारे आम रुपमा चासो बढेको छ । सार्वजनिक भएको भिडियोमा देखिएका दुई मध्ये एक जना व्यक्ति सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगतको कृषि विज्ञान संकायका विद्यार्थी विपिन जोशी भएको इजरायली डिफेन्स फोर्सले दाबी गरेको छ । त्यो भिडियो पूरानो भएका कारण जोशीको पछिल्लो अवस्थाबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन ।

‘त्यो भिडियो अहिलेको होइन ७ अक्टोबरकै रहेछ । भाइ हमासको नियन्त्रणमा छन् भन्ने कुरा भिडियोले पुष्टि गरेको छ तर अहिले भाइको अवस्था कस्तो छ रु त्यो बारे जान्न पाए हुने थियो,’ विपिनका दाजु किशोरले  भने ।इजरायलस्थित नेपाली राजदूतावासमा कार्यरत कर्मचारीमार्फत उक्त भिडियो सोमबार बिहान आफूले पनि प्राप्त गरेको बताउदै जोशीले त्यसको अहिलेको अवस्थामा कुनै अर्थ नरहेको बताएका छन् ।

दूतावासले दिएको जानकारी र विपिनका साथीहरुले उनी अपहरणमा परेको दिन लगाएको कपडाका बारेमा दिएको जानकारीका आधारमा भिडियोमा देखिएका हमास लडाकुको लछारपछारमा पर्ने विपिन हुन सक्ने परिवारले बताएको छ ।

परराष्ट्र मन्त्री एनपी साउदले आइतबार राति विपिनका परिवारलाई टेलिफोन सम्पर्क गर्दै उनी इजरायलमा सुरक्षित रहेको खबर प्राप्त भएको बताएका थिए, तर इजरायलस्थित नेपाली दूतावासले भने सोमबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै विपिनको अवस्था प्रष्ट हुन नसकेको उल्लेख गरेपछि उनको परिवार अलमलमा परेको छ ।

‘हिजो राति मन्त्री ज्यूले अंकल विपिन बुवालाई फोन गरेर उनी सुरक्षित छन् भन्ने कुरा आइरहेको छ आशा गरौं, ठीकै होलान हामी प्रयास गरिरहेका छौं, भन्नुभएको थियो,’ जोशीले अनलाइनखबरसँग भने, ‘तर दूतावाससँग कुरा गर्दा पछिल्लो अवस्थाबारे केही खबर छैन भन्छ । उहाँहरु भाइ कहाँ छन् भनेर भन्न सकिने अवस्था छैन भन्नुहुन्छ ।’

मन्त्रालय र दूतावाससँग नियमित सम्पर्कमा रहेका जोशी हमासको नियन्त्रणबाट छुटेर विपिन घर फर्किने विश्वास नटुटेको बताउँछन् ।

इजरायली डिफेन्स आर्मीले सार्वजनिक गरेको जोशीलाई बन्धक बनाएको भिडियोबारे विपिनका आमाबुवालाई कुनै जानकारी नदिइएको जोशीले बताए । उनीहरु विपिन सकुशल घर फर्किने आशमा बाटो कुरेर बसिरहेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी इजरायलमा हमासले ७ अक्टुबरमा गरेको आक्रमणपछि सम्पर्कविहीन भएका थिए । जोशीलाई सोही दिन हमासले नियन्त्रणमा लिएको खुले पनि पछिल्लो अवस्थाबारे भने कुनै जानकारी आएको छैन । उनीसँगै अध्ययन र कामका लागि इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको भने मृत्यु भएको थियो ।

जोशीलाई हमासको नियन्त्रणमा छुटाएर सकुशल घर फिर्ताका लागि नेपाल सरकार, इजरायलस्थित नेपाली दूतावासलाई विपिनको परिवारले आग्रह गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ ।  यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ ।  पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए ।  कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् ।  उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।”  उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

ताजा समाचार

धेरै टिप्पणी गरिएका