
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका हुन् । काँग्रेस–एमालेबीच भएको सत्ता समिकरणलाई पनि समर्थन नगर्ने भन्दै तटस्थ बस्ने जानकारी दिए । उनले आफ्नो पार्टी कुनै व्यक्ति वा पार्टीको विरुद्धमा गएको नभई तत्कालिन विषयवस्तुहरुको आधारमा निर्णय गर्ने गरेको बताए ।