
काठमाडौं। मधेस प्रदेश सरकारले शहीदहरुको स्मरणमा शनिवार एक लाख दीप प्रज्वलन गर्ने भएको छ ।
शुक्रवार जनकपुरमा पत्रकार सम्मेलन गरी मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले यस्तो जानकारी दिएका हुन् । एक लाख दीप प्रज्वलन जानकी मन्दिरमा शनिवास साँझ हुने बताए ।
शहीदहरुको स्मरणमा मधेस प्रदेश सरकारले शुक्रवार विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरु गरेको पनि बताए ।
मधेस प्रदेश सरकारले शहीदको सम्मान, शहीद परिवारका घाईतेको उचित व्यवस्थापन र शहील प्रतिष्ठानलाई समयानुकुल व्यवस्थित गर्न केही रचनात्मक कार्यक्रमहरु गरेको बताए ।
शहीद परिवारलाई आमन्त्रण गरेर प्रदेश सरकारले शहीदको सम्मानका लागि अभिनन्दन कार्यक्रम गर्ने पनि जानकारी दिए ।