
काठमाडौँ प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई मधेसमा अति गर्मीका कारण ‘लू’ को खतरा देखिएकाले स्वास्थ्य उपचारमा सजगकता अपनाउन माग गरिएको छ ।
बैठकमा सांसद रञ्जुकुमारी झाले गर्मीका कारण तराई मधेसका नागरिकको जीवन कष्टकर भएको जनाउँदै अस्पतालमा उचित जनशक्ति, उपकरण र सेवाको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सो समयमा सांसदहरुले ‘लम्पी स्किन’ रोगबाट पशु चौपाया मर्न थालेको, मेलम्ची खानेपानी आयोजनाको मर्मत नभएको, सडक खाल्टाखुल्टी परेको तथा खानेपानी, शिक्षा र खानेपानीको प्रबन्ध नगरिएको र विद्यालय कर्मचारीको सुविधा वृद्धि गर्ने तर्फ ध्यान नपुगेकामा सरकारको ध्यानाकर्षण गराएका थिए ।