
एजेन्सी। श्रीलंकाको संसदले मंगलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी) का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ ।
विक्रमरत्नेलाई प्रधानमन्त्री हरिणी अमरसूर्याले मनोनयन गरेका हुन् । साथै, उनको प्रस्तावलाई संसदीय दलका नेता विमल रत्ननायकले समर्थन गरेका थिए ।
उपसभामुख रिजवी सालिहले सदनमा विक्रमरत्नेलाई नयाँ सभामुखमा सर्वसम्मतिले नियुक्त गरेको घोषणा गरे । शैक्षिक योग्यतालाई लिएर विवाद भएपछि गत नोभेम्बर १३ मा पूर्व अध्यक्ष अशोक सपुमल रानवालाले राजीनामा दिएका थिए ।
यसअघि विपक्षी दलले सभामुखलाई जापानी विश्वविद्यालयबाट पीएचडी गरेको विषयमा झूट बोलेको आरोप लगाएका थिए ।