जोडिनुहोस
  • होमपेज
  • सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरू

सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरू

सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरू भएको छ । सम्मेलनको प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधिलगायत सहभागी छन् ।

गएको आइतवार मात्रै सङ्क्रमणकालीन न्याय ९टीआरसी० टुङ्ग्याउन सर्च कमिटी गठन गर्ने दलहरूबीच सहमति जुटेको थियो । यही सहमतिअनुसार सोमवार बसेको मन्त्रिपरिषद् बैठकले ओम प्रकाश मिश्रको अध्यक्षतामा कमिटी गठन गर्ने निर्णय गरेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका