
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशलाई सदर गरेको छ । सर्वोच्च अदालतले सोमबार २० लाख धरौटीमा रिहा गर्ने आदेश मिलेको भन्दै त्यसलाई सदर गरेको हो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले यात्रा प्रतिबन्धनको विषयमाचाहिँ आदेश नमिलेको भन्दै क्रिकेट खेल्न विदेश जान दिने आदेश दिएको छ । यद्यपि विदेशबाट फर्किएको १५ दिनभित्र जिल्ला अदालत काठमाडौँलाई जानकारी भने गराउनुपर्ने आदेशमा उल्लेख छ ।