
काठमाडौं। नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख देवराज घिमिरेलाई ध्यान दिएर नाम उच्चारण गर्न आग्रह गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सभामुख घिमिरेलाई सो आग्रह गरेका हुन् ।
शून्य समयमा बोल्नका लागि नाम टिपाएका कार्कीलाई बोलाउने क्रममा सभामुख घिमिरेले गलत नाम उच्चारण गर्दै ‘अब माननीय ज्ञानबहादुर कार्की’ भनेका थिए ।
यद्यपि लगत्तै सभामुख घिमिरेले नाम सच्याउँदै ज्ञानेन्द्रबहादुर कार्की भनिसकेका थिए । सभामुखले नाम सच्याएर उच्चारण गरेपनि कार्कीले नाम उच्चारण गर्दा ध्यान दिन सभामुखलाई आग्रह गरिहाले ।