जोडिनुहोस
  • होमपेज
  • समाजवादी मोर्चासँग खुसी देखिएका प्रधानमन्त्री राजावादीमाथि खनिए

समाजवादी मोर्चासँग खुसी देखिएका प्रधानमन्त्री राजावादीमाथि खनिए

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले गरेको सभाप्रति खुसी व्यक्त गरेका छन् । उक्त सभा भव्य भएको बताउँदै उनले सभाबाट संविधान र व्यवस्थाप्रति प्रतिबद्धता जनाइएको भन्दै आयोजकलाई ओलीले धन्यवाद दिएका छन् ।

त्यही दिन काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनको आयोजक को थियो भन्ने थाहा पाउन द्विविधा रहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले तीनकुनेमा सभा गर्ने भनेकाहरूले सभा नभई उत्तेजक प्रदर्शन र अराजनीतिक गतिविधि देखाएको पनि बताए ।

‘यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा समाजवादी मोर्चाले काठमाडौंको प्रदर्शनी मार्गमा भव्य सभा गर्‍यो । आफ्नो धारणा सार्वजनिक गर्‍यो’, उनले भने, ‘सरकारलाई खबरदारी गर्‍यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिवद्धता जनायो । शालिन जुलुससहित भएको त्यस कार्यक्रमका आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।’

धेरै टिप्पणी गरिएका