जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • सलह नियन्त्रणका लागि गरिएको सहयोगका लागि भारतको प्रशंसा

सलह नियन्त्रणका लागि गरिएको सहयोगका लागि भारतको प्रशंसा

अफगानिस्तानलाई सलह नियन्त्रणको लागि ४० हजार लिटर मालाथिन सहयोग गरेकोमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन एफएओले भारतलाई धन्यवाद दिएको छ । अफगानिस्तानमा सलहविरुद्धको सङ्घर्षमा आफुहरूसँग सहयोगी बनेको बताउँदै अफगानिस्तानमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संगठनले सामाजिक सञ्जाल एक्स मार्फत् भारतको प्रशंसा गरेको हो ।

चालीस हजार लिटर मालाथिन कीटनाशक आपूर्ति गरि आधिकारिक रूपमा तालिबान नियन्त्रित अफगानिस्तान सरकारको कृषि, सिँचाइ र पशुधन मन्त्रालयलाई हस्तान्तरण गरिएको स्रोतले जनाएको छ । सुक्खा क्षेत्रहरूमा यसको प्रभावकारिता र न्यूनतम पानीको प्रयोगका लागि परिचित मालाथियनलाई सलह नियन्त्रणमा महत्वपूर्ण उपकरण मानिन्छ । यस सहायताले अफगानिस्तानमा तत्कालको खतरालाई सम्बोधन मात्र नगरी छिमेकी मध्य एसियाली देशहरूमा सलह फैलावट रोक्न पनि काम गर्नेछ ।

यसअघि तालिवान नियन्त्रित कृषि मन्त्रालयले पनि चाबहार बन्दरगाहमार्फत् गरिएको उक्त सहयोगका लागि कृतज्ञता व्यक्त गरेको थियो । उपलब्ध सहायताले अफगानिस्तानमा सलह रोक्नदेखि लिएर विशेष गरी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानजस्ता मध्य एसियाली देशहरूबाट आएको सलहको समस्यालाई पनि रोकी यस क्षेत्रका बाली उत्पादनमा प्रभावकारी भूमिका खेल्नेछ । सलह वनस्पति(विनाश गर्ने क्षमताहरूका लागि परिचित मानिन्छन् । सलहको ठूलो मात्रामा उपस्थितिले सम्भावित रूपमा खाद्य सुरक्षालाई खतरामा पार्न सक्छ । सन् २०२० को सुरुमा छिमेकी पाकिस्तानमा सलहको अत्यधिक खतराको कारण देशले राष्ट्रिय आपतकाल घोषणा गरेको थियो । उक्त समयमा, भारतले पनि राजस्थान, गुजरात, पन्जाब, मध्य प्रदेश, उत्तर प्रदेश र महाराष्ट्रजस्ता धेरै राज्यहरूमा ठुलो मात्रामा सलहको आक्रमणको सामना गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका