
सुर्खेत– सल्यानमा आगलागीबाट दुईवटा घरगोठ जलेर नष्ट भएका छन् । गएराति कालिमाटी गाउँपालिका- २ खैरीगाँडाका ४० वर्षीय केशलाल ओली र ५२ वर्षीय प्रेम विकको घरगोठ आगलागीबाट जलेर नष्ट भएका हुन् ।
आगलागीका कारण घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेका छन् । केशलालको गोठमा रहेको एक गोरु, ११ खसीबाख्रा, दुई दर्जन बढी कुखुरा पनि जलेर मरेका छन् ।
आगलागीबाट केशलालको तीन लाख र प्रेम बिकको साढे तीन लाख गरी ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए ।
प्रेमको घरभित्र रहेको १७ हजार रुपैयाँ नगद, दुई हाँस, ६ वटा कुखुरा, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।