
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बस्न लागेको छ ।
प्रतिनिधि सभाको बैठकलगत्तै बुधबार दिउँसो २ बजे सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने छ । संसदीय विशेष समितिहरूको पहिलो बैठक सभामुखको सहभागितामा बस्ने चलन छ ।
एमाले सांसद् सूर्यबहादुर थापाको सभापतित्वमा संसदीय छानबिन समिति बनेको छ । समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे, ईश्वरीदेवी न्यौपाने, एमालेबाट सरिता भुषाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन् ।