
काठमाडौं– सहरी विकास मन्त्री धनबहादुर बुढाको डोल्पामा ५ रोपनी जग्गा र ४ वटा घर रहेको छ । सरकारलाई बुझाएको सम्पत्ति विवरणअनुसार उनको काठमाडौंमा ४३ आना जग्गा र ३ वटा घर छन् ।
जसमध्ये काठमाडौंमा रहेको सबै जग्गा र घर श्रीमतीको नाममा रहेको उनले उल्लेख गरेका छन् । बुढाले घरजग्गा र सम्पत्ति पैत्रिक स्रोत र व्यापारबाट जोडेको विवरणमा उल्लेख गरेका छन् ।
त्यस्तै मन्त्री बुढाले पेस गरेको विवरणअनुसार उनीसँग १५० तोला सुन र ३०० तोला चाँदी रहेको छ । साथै उनको आफ्नो नाममा १५ लाख र श्रीमतीको नाममा ४५ लाख रुपैयाँ नगद रहेको समेत उनले विवरणमा उल्लेख गरेका छन् ।
सवारी साधनको रुपमा बुढासँग एउटा हाइलक्स र एउटा प्राडो पनि रहेको छ ।