
काठमाडौँ– प्रतिनिधि सभा सदस्यहरुलाई आज पनि अभिमुखीकरण तालिम जारी रहेको छ ।
बिहीवारबाट सांसद भवनमा नवनिर्वाचित सांसदहरुलाई समिति र संसदमा उपस्थिति हुन आवश्यक मान मर्यादाका बारेमा जानकारी दिने हेतुले शुरु भएको दुई दिने अभिमुखीकरणले आज पनि निरन्तरता पाएको हो ।
नयाँ सांसदहरुले पुराना सांसदहरुबाट अनुभव लिने कार्यक्रम आयोजना गरिएको हो ।
आज पूर्वअर्थमन्त्री युवराज खतिवडा, नेपाल कानून आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्बोधन गर्ने छन् ।