
साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्चेञ्ज नेप्से २४.५८ अंकले घटेको छ । आइतबार बजार बन्द हुँदा नेप्से १.२३ प्रतिशतले घटेर १९७४.३७ बिन्दुमा कायम भएको छ । आज ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार रुपैयाँ बराबरको ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर ६० हजार ५२३ पटक किनबेच भयो ।
आइतबार ३१६ वटा कम्पनीको शेयर कारोबार हुँदा ४२ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १९६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।
आजको कारोबारमा सेन्सेटिभ इन्डेक्स ४.८६ अंकले, फ्लोट इन्डेक्स १.७१ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९२ अंकले घटेको छ । १३ वटा उपसमूहमध्ये लघुवित्त र निर्जीवन बीमा कम्पनीको समूह बढ्यो भने अन्य ११ समूहको शेयर मूल्य घटेको छ ।