
कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० एकैदिन ७५।२४ अंकको वृद्धि भएको छ । यससँगै सूचक २८९०।२८ बिन्दुमा पुगेको छ ।
आज ३०२ कम्पनीका १४ अर्ब २५ करोड ४ लाख ७५ हजार ७३६ रुपैयाँ बराबरका दुई करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर एक लाख ३९ हजार ५९६ पटकमा खरिद बिक्री भएका हुन् ।
कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । आज १९६ कम्पनीको सेयरमूल्य बढेको र ४४ कम्पनीको सेयरमूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।
हिमालयन डिस्टिलरी, गार्डेन माइक्रो इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
फाइनान्स, माइक्रो फाइनान्स, होटल तथा पर्यटन समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।