जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • साफ च्याम्पियनसिप : नेपाल समूह ‘ए’ मा

साफ च्याम्पियनसिप : नेपाल समूह ‘ए’ मा

काठमाडौं । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक गरेको हो ।

समूह विभाजन अनुसार नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ ।

समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ । साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् । तर, कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् ।

यस अघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि भारतमा प्रतियोगिता हुन लागेको हो ।

माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।

नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।

समूह विभाजन –

May be an image of text that says 'SAFF CHAMPIONSHIP 2023 OFFICIAL DRAW GROUP INDIA GROUP KUWAIT LEBANON NEPAL MALDIVES PAKISTAN BHUTAN BANGLADESH'

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका