
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब इजरायलको एथेना कपको सेमिफाइनलमा पराजित भएको छ ।
बिहीबार राती भएको सेमिफाइनल खेलमा किर्यात गातसँग पराजित भएपछि रानानाको फाइनलको सपना चकनाचुर भयो।
इजरायलको लिग च्याम्पियन किर्यात गातले ३-० को सहज जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गर्यो ।
अब रानानाले अर्को बिहीबार लिग अन्तर्गत पहिलो खेल खेल्नेछ ।