
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी इजरायली क्लबमा अनुबन्धित भएका छन् ।
फरवार्ड सावित्रा इजरायली क्लब हापोएल रानाना एएफसीमा अनुबन्धित भएका हुन् । इजरायली क्लबले मंगलबार सामाजिक संजालमार्फत सावित्रालाई अनुबन्ध गरिएको जनाएको छ ।
सावित्रा युरोपेली क्लबमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी बनेकी छन् ।सावित्राले हालै भारतको इन्डियन वुमन्स लिग खेलेका थिए ।
सावित्रा आबद्द गोकुलम केरेलाले उपाधि जितेको थियो । सावित्राले प्रतियोगिता भर ३० गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी थिइन् ।