
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर चितवनले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
चितवन राइनोज तीनमध्ये दुई खेल जितेर अंक तालिकामा तेस्रो स्थानमा छ । चितवनले यसअघि काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सलाई हराएको थियो भने कर्णाली याक्स विरुद्धको खेलमा भने पराजित भएको थियो ।
यस्तै सुदूरपश्चिमले भने आफ्ना यसअघिका तीनै खेल जितेको छ । उसले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको थियो ।