
सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएकाे छ ।
महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ ।